सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

यस स्टोरीको अंश: सार्वजनिक लेखा समितिमा मन्त्रालयहरूको अर्बौं बेरुजुबारे छलफल
www.osnepal.com · 3 दिन अघि

सार्वजनिक लेखा समितिको बैठकमा उच्च बेरुजु भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मन्त्रालयको कुल बेरुजु ४ अर्ब ५८ करोड रुपैयाँ रहेको र पशुपति विकास क्षेत्र कोषमा सबैभन्दा बढी बेरुजु देखिएको जानकारी दिए । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले मन्त्रालयतर्फको बेरुजु करिब १७ अर्ब ४० करोड रुपैयाँ र विश्वविद्यालयतर्फ करिब ३० अर्ब रुपैयाँ बेरुजु रहेको बताए । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले साविक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको र चालु आर्थिक वर्षमा ६० प्रतिशत बेरुजु घटाउने लक्ष्य लिइएको बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू