आयोगको प्रतिवेदनमा नाम आएको विषयमा बोले रास्वपाका तीन सांसद
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा नाम समेटिएपछि आशिका तामाङको आपत्ति
राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गरी सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू हरि ढकाल, गणेश कार्की र आशिका तामाङको नाम समावेश भएको विषयमा उनीहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। सांसद ढकालले युद्ध सकिएपछि कथा लेखिनुपर्ने बताएका छन्। सांसद तामाङले प्रतिवेदनमा आफ्नो नाम उल्लेख भएकामा आपत्ति जनाउँदै आयोगले आफूले अन्यायविरुद्ध बोलेको देखे पनि हिंसा उक्साएको नदेखेको बताएकी छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›