दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

यस स्टोरीको अंश: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गर्ने
www.dcnepal.com · 2 दिन अघि

प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई दक्ष, गुणस्तरीय, कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न आग्रह गरेका छन् । मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्तिको थप आवश्यकतालाई मध्यनजर गरी यस क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उत्कृष्ट शैक्षिक संस्थाका रुपमा आफूलाई स्थापित गरी अघि बढ्न संस्थानलाई शुभकामना दिए । चिकित्सा क्षेत्रजस्तो संवेदनशील एवं महत्वपूर्ण विषयका जनशक्ति उत्पादन गरेर छोटो समयमै स्वदेश तथा विदेशमा आफूलाई सुपरिचित गराउन सकेकामा संस्थानको प्रशंसा गर्दै प्रधान सेनापति सिग्देलले आगामी दिनमा समयानुकूल थप गुणस्तारीय फड्को मार्दै अघि बढ्न आग्रह गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू