लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल हुने
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत सातौं बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ। बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेश गर्नुहुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›