कांग्रेसले भन्यो : आयोगको सिफारिस अनुसार सबै सांसद र पदाधिकारीमाथि कारबाही गरियोस्
▸ यस स्टोरीको अंश: मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारको धारणा माग्दै कांग्रेसको ६ बुँदे ध्यानाकर्षण
नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सिफारिस अनुसार भाद्र २३ र २४ गते राज्यको तर्फबाट भएको अत्यधिक बल प्रयोग र सबै हिंसात्मक घटनाहरूमा संलग्नहरूमाथि तत्काल कानुनी कारबाही अघि बढाउन माग गरेको छ । कांग्रेसले एक विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदनले दोषी ठहर गरेका सांसद, व्यक्ति वा निकायउपर कुनै पनि राजनीतिक दबाब र प्रभावविना विधिसम्मत कारबाहीको प्रक्रिया सुरु गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›