महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सुरकृष्ण वैद्य वरिष्ठ उपाध्यक्ष र मनिषलाल प्रधान कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले दुई जना महिलासहित छ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । नवनिर्वाचित तथा मनोनीत पदाधिकारी एवं सदस्यलाई अध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›