योगेश भट्टराईले मागे ओलीको राजीनामा
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा ओलीको राजीनामा माग, महासचिव पोखरेल पनि सुधारको पक्षमा
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शनिबार अध्यक्ष ओली निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा भट्टराईले अध्यक्ष ओलीको राजीनामा मागेका हुन् । ‘अब तपाईँबाट पार्टी चल्दैन । राजीनामा दिनुस्,’ भट्टराईले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने । यसअघि हिजो बसेको सचिवालय बैठकमा ४ जना उपाध्यक्षले पनि ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित