राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा कीर्तिमानको वर्षा: सिनियर र जुनियरतर्फ आर्मी, प्रहरी र सप्तरीको बर्चस्व
▸ यस स्टोरीको अंश: रविन्द्र ढाँट युएफसी सेमिफाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बने
राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा खेलाडीहरूले नयाँ राष्ट्रिय कीर्तिमान राख्दै ऐतिहासिक प्रदर्शन गरेका छन् । महिला सिनियरतर्फ ४५ केजी तौल समूहमा नेपाल प्रहरीकी हिरामोती थारुले स्न्याचमा ५४, क्लिन एन्ड जर्कमा ७० र कुल १२४ केजी सहित नयाँ राष्ट्रिय कीर्तिमान खडा गर्दै स्वर्ण जितिन् । यस्तै, ६३ केजीमा सप्तरीकी सन्तोषी यादवले क्लिन एन्ड जर्कमा ८० केजीको नयाँ कीर्तिमान सहित कुल १३८ केजीका साथ स्वर्ण पदक हात पारिन् । पुरुष सिनियरतर्फ ५६ केजी समूहमा सप्तरीका राम कुमार यादवले स्न्याचमा ९२ केजीको नयाँ कीर्तिमान सहित कुल २०२ केजी उठाउँदै स्वर्ण जिते ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›