यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले सहकारी प्रतिवेदन सार्वजनिक गर्ने, धानको समर्थन मूल्य तोक्ने र महानिर्देशक नियुक्त गर्ने निर्णय गर्यो
मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चार वटा निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम् समर्थन मूल्य निर्धारण, नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्तिलगायतका निर्णय गरेको हो । अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल-चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना (चिलिमे-केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (Letter of Reply) स्वीकृत गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित