आगामी दुई वर्षभित्र एक खर्बको काठ विक्री गर्ने लक्ष्य: वनमन्त्री चौधरी
▸ यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा एक खर्बको काठ बिक्री गर्ने लक्ष्य राखेको छ
कृषि, वन तथा वातावरणमन्त्री गीताकुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा करिब एक खर्ब रुपैयाँ बराबरको काठ विक्री गर्ने लक्ष्य लिइएको बताएकी छन् । उनले वन क्षेत्रको उचित व्यवस्थापनमार्फत मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै निर्यातको दिशामा अघि बढाउने योजना सार्वजनिक गरेकी हुन् । हाल नेपालको कुल क्षेत्रफलको ४६.०८ प्रतिशत वनले ओगटेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित