राष्ट्रपति पौडेल गणतन्त्र दिवस विशेष समारोहमा सरिक
▸ यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । त्यस अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›