न्यायलयमा रमिता: रोकिएका रिट दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको आदेश , मंगलबार नै सुनुवाई सक्ने समितिको तयारी
▸ यस स्टोरीको अंश: सर्वोच्चका कामु प्रधानन्यायाधीश मल्लको आदेश: विधि र प्रक्रियाबमोजिमका रिट दर्ता गरिने
सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले विधि र प्रक्रियाबमोजिम दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न आदेश दिएपछि न्यायिक क्षेत्र तरंगित बनेको छ । चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि कानुन व्यवसायीले गुनासो गरेका थिए । कामु प्रधानन्यायाधीश मल्लले गत वैशाख २३ र २५ गते लगायतका मितिमा दर्ता हुन आएका रिट निवेदनहरु दर्ता गर्न आदेश दिनुभएपछि कर्मचारीहरु अन्योलमा परेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›