बजेटले गर्ने संकेत
▸ यस स्टोरीको अंश: प्रथम राष्ट्रपति यादव भन्छन्, गणतन्त्र जोगाउन शासन शैली सुधार्नुपर्छ
चालु आर्थिक वर्षको अहिलेसम्म सरकारको कामगराइ विगतका तुलनामा भन्दा भिन्न हुन सकेको छैन । यो वर्ष सरकारले पुँजीगत खर्च र राजस्व आम्दानी दुवैमा लक्ष्य फेला पार्न सक्ने देखिएको छैन । चालु आवमा सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत शीर्षकमा विनियोजन गरिएको थियो भने १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व असुलीको लक्ष्य राखिएको थियो । यस वर्षको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकारसँगै पुँजीगत खर्चको बजेट र राजस्व असुलीको लक्ष्य घटाइएको छ । बजेटको आकार र लक्ष्य घटाउनुको अर्थ काम हुन नसकेर नै हो । त्यसैले सरकारले कति काम गर्यो भनेर समीक्षा गर्दा बजेटका सुरुका लक्ष्य र कार्यक्रमहरूमा नै गर्नुपर्छ । यस हिसाबले हेर्दा आगामी आर्थिक वर्षको बजेट ल्याउने दिनसम्म सरकारले पुँजीगत बजेटको वार्षिक लक्ष्यको ३० प्रतिशत हाराहारी मात्र हो । यस्तै राजस्व असुली पनि लक्ष्यको करिब ७० प्रतिशत मात्र भएको छ । यस्तै वैदेशिक अनुदान पनि लक्ष्यको ३५ प्रतिशत मात्र आएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›