बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको बजेट खर्च निराशाजनक, १० महिनामा ४०% पनि खर्च भएन
चालु आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्र बाँकी रहँदा पनि लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन अत्यन्त सुस्त देखिएको छ। विकास निर्माणका योजना प्रभावकारी रूपमा अघि बढ्न नसक्दा प्रदेश सरकारको समग्र खर्च प्रगति ४० प्रतिशतभन्दा कम भएको हो। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ रु २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार र चालुतर्फ रु १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार गरी कुल रु ३८ अर्ब ८१ करोड बजेट विनियोजन गरेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित