गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई जना पक्राउ
▸ यस स्टोरीको अंश: काठमाडौंको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र गोलीसहित दुई पक्राउ
प्रहरीले काठमाडौंको गोंगबुबाट एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सोही ठाउँका २२ वर्षीय ओमशंकर गुप्ता रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुस्थित शिव मन्दिर नजिक रहेको काबेली गेस्टहाउसमा गरिएको चेकजाँचका क्रममा उनीहरूको साथबाट ४५ राउन्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने एक थान म्याग्जिन र मेटलको नक एक थान बरामद गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›