सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ६०० र चाँदी रु १७५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ४० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८६५ कायम भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ८० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित