धौलागिरि र ढोरपाटनमा चिरकालिजको सर्वेक्षण
▸ यस स्टोरीको अंश: धौलागिरि र ढोरपाटनमा दुर्लभ चिरकालिजको सर्वेक्षण सम्पन्न
म्याग्दीको धौलागिरि गाउँपालिका र बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सर्वेक्षण गरिएको छ । नेपाल पन्छीविद् सङ्घको प्राविधिक टोलीले धौलागिरि गाउँपालिका–१ गुर्जा, ४ बगर र ढोरपाटन नगरपालिकाको बुर्तीवाङ घुसाखानीमा चिरकालिजको स्थलगत सर्वेक्षणका साथै समुदायस्तरमा संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको थियो । चिरकालिजको अनुमानित सङ्ख्यासहितको प्रतिवेदन चाँडै सार्वजनिक गरिने कार्यकारी निर्देशक पौडेलले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›