रास्वपा सांसदले नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको विषयबारे प्रतिनिधिसभामा उठ्यो प्रश्न
▸ यस स्टोरीको अंश: पत्रकार महासंघले सभामुख अर्याललाई प्रेस स्वतन्त्रताको ध्यानाकर्षण गरायो
नाइजेरियन युवतीलाई अलपत्र पारेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीमाथि संसदमा प्रश्न उठेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठक कांग्रेस सांसद निनुकुमारी कर्णले नाइजेरियन महिलाले उठाएको सवालको सत्यतथ्यबारे जानकारी गराउन माग गरेकी हुन् । ‘एक नाइजेरियन महिला आफूलाई गर्भवती बनाएर सांसद बेपत्ता भएको भन्दै सडकबाट न्याय खोजिरहेकी छिन् । विदेशी नागरिक महिलालाई प्रेमजालमा, फसाउने र भावनात्मक ब्ल्याकमेल र जालझेल गरेर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ?’ उनले प्रश्न गर्दै भनिन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›