गर्भवती प्रेमिकालाई बिचल्लीमा पारेको आरोप लागेका रास्वपा सांसदमाथि अनुसन्धान गर्न तामाङको माग

यस स्टोरीको अंश: रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप: छानबिनको माग
shilapatra.com · 1 हप्ता अघि

सांसद आशिका तामाङले गर्भवती प्रेमिकालाई बिचल्लीमा पारेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीमाथि अनुसन्धान गर्न माग गरेकी छन् । महिला विदेशी होस् चाहे स्वदेशी आखिर यो धर्तीको आमा भएको उल्लेख गर्दै सांसद तामाङले सो विषयमा बाहिर आएका कुराको अनुसन्धान गर्नुपर्ने माग राखेकी हुन् । ‘महिला चाहे स्वदेशी होस् कि विदेशी, आखिर यो धर्तीकी आमा हुन् । देखेका सबै कुरा सत्य नहुन पनि सक्छन्, तर सत्य जसरी बाहिर छरपस्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ,’ तामाङले सामाजिक सञ्जालमा लेखेकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू