स्यानिटरी प्याडमा कर हटाउन र हानिकारक वस्तुमा ‘सिन ट्याक्स’ बढाउन सांसद यादवको माग
▸ यस स्टोरीको अंश: एमाले सांसद राईद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको आलोचना, मन्त्रीहरूको अनुपस्थितिलाई लिएर प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवले महिलाका लागि अत्यावश्यक सामग्री स्यानिटरी प्याडमा लगाइएको कर तत्काल हटाउन सरकारसँग माग गरेका छन्। महिनावारी कुनै रहर नभई महिलाको प्राकृतिक आवश्यकता भएको र सुरक्षित रहन पाउनु हरेक महिलाको मौलिक हक भएको बताए। उनले महिनावारीलाई राजश्वको स्रोत बनाउने राज्यले समानता र महिला सशक्तीकरणका बारेमा बोल्ने नैतिक अधिकार नराख्ने टिप्पणी गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित