निर्माण क्षेत्रको संकटबारे मन्त्रीहरूको जवाफ : ‘आयोजना नरोक्नुहोस्, मूल्य समायोजन गर्छौं’
▸ यस स्टोरीको अंश: पूर्वाधार विकास समितिद्वारा निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारलाई निर्देशन
पश्चिम एसियामा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माण क्षेत्रमा परेको प्रभावबारे पूर्वाधार विकास समितिले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले मूल्यवृद्धिका कारण सिर्जित समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको र आवश्यक परे कानुन संशोधन गरिने बताए । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले विकासका लागि स्रोत र सम्भावना भए पनि त्यसको प्रभावकारी परिचालनमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›