न्यूनस्तर भेटिएपछि ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न आदेश
▸ यस स्टोरीको अंश: खाद्य विभागद्वारा गुणस्तरहीन ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न निर्देशन
खाद्य प्रविधि तथा सपा नियन्त्रण विभागले न्यूनस्तर पाइएपछि ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न आदेश जारी गरेको छ। प्रयोगशाला परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएको उक्त तेलको ब्याच नम्बर २०, उत्पादन मिति २०८२ फागुन २८ र उपभोग्य अवधि ६ महिना रहेको छ। विभागले सम्बन्धित ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›