नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने, ईयूको कालोसूचीबाट हटाउन पहल
▸ यस स्टोरीको अंश: काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक यातायात सञ्चालनको योजना
सरकारले हवाई सुरक्षालाई थप सुदृढ बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै प्राधिकरणको संस्थागत सुधारका लागि पुनर्संरचना प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डबमोजिम नियामक र सेवा प्रदायक निकायलाई छुट्टाछुट्टै रूपमा परिचालन गर्ने गरी कानुन परिमार्जन गरिने बजेटमा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित