ब्याट्सम्यानहरूको अब्बल प्रदर्शनसँगै नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १७ रन बनाउँदै तीन सय १८ रनको लक्ष्य दिएको छ । यो नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठूलो स्कोर हो । इशान पाण्डेले ८४ रन र दीपेन्द्रसिंह ऐरीले ५९ रनको अर्धशतकीय पाली खेले । कप्तान रोहितकुमार पौडेल ४६ रनमा आउट भए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›