तीन अग्रज व्यक्तित्व अभिनन्दित

यस स्टोरीको अंश: बेलायती मन्त्री मल्होत्राद्वारा नेपालमा शिक्षा र सीप विकासमा सहकार्यमा जोड
baahrakhari.com · 3 दिन अघि

नेपाली शिक्षा परिषद्ले संस्थाको ‘अमृत महोत्सव’को अवसर पारेर ९० वर्ष उमेर नाघिसकेका व्यक्तित्वहरू प्रा. शंकरराज पाठक, तेजेश्वरबाबु ग्वङ्ग र माधव खनाल ‘भावुक’लाई उनीहरूका घरमै पुगेर अभिनन्दन गरेको छ । परिषद्का अध्यक्ष रमा शर्मालगायत व्यक्तिहरूले आइतबार (जेठ १०) तीन अग्रज व्यक्तित्वलाई अभिनन्दन गरेका हुन् । अभिनन्दित व्यक्तित्व प्रा. शंकरराज पाठकलगायत । गएको वैशाख २७ गते परिषद्ले डा. गौरीशंकर लाल दास, डा. महेश्वर शर्मा, भद्रकुमारी घले, प्रा. डा. मृगेन्द्रराज पाण्डे, प्रा. चेतोनाथ शर्मा आचार्य, द्वारिका श्रेष्ठ र हरिराम जोशीलाई एक कार्यक्रमबीच अभिनन्दन गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू