नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने
▸ यस स्टोरीको अंश: नेपाल बार एसोसिएसनद्वारा सर्वोच्च प्रशासनविरुद्ध लालटिन बालेर प्रदर्शन
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा आज न्यायको खोजीका लागि दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ । बार बैठकले सर्वोच्च प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भएको ठहर गरेको छ । सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदन र निवेदनहरू दर्ता नगरी सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएका कारण न्यायमार्गमा अवरोध भएको बारको ठहर छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›