सुधुन गुरुङले दिए काउन्सिलमा उजुरी, रिसोर्टले भन्यो: काल्पनिक घटना
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं हिरासतबाटै राज्यलाई चुनौती, सुधन गुरुङद्वारा प्रेस काउन्सिलमा उजुरी
तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध केही मिडियाले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन् । ‘सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा’ शीर्षकमा प्रकाशित समाचारलाई उनले ‘पित पत्रकारिता’ को पराकाष्ठा र चरित्र हत्याको प्रयास भएको बताएका छन् । सिन्धुपाल्चोकस्थित भोटेकोशी हेलि रिसोर्ट एण्ड स्पा लिमिटेडले पनि जेठ ८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाक्रम र सोसँग जोडिएका प्रचारहरूको कडा खण्डन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›