चिनियाँ दूतावासले भन्यो : चीनलाई बदनाम गर्न चलाइएको हल्लाप्रति स्तब्ध छौँ, खारेज गर्दछौँ
▸ यस स्टोरीको अंश: चिनियाँ दूतावासद्वारा पत्रकारलाई घुस दिन खोजेको हल्लाको खण्डन, राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तामाथि आरोप
नेपालस्थित चिनियाँ दूतावासले नेपाली सञ्चारमाध्यमका पत्रकारहरूलाई चिनियाँ नागरिकले घुस दिन खोजेको भनी सामाजिक सञ्जालमा फैलाइएको हल्लाप्रति गम्भीर आपत्ति जनाएको छ । दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै उक्त हल्लाले चिनियाँ पक्ष स्तब्ध भएको र यसलाई पूर्ण रूपमा खारेज गर्ने बताएका हुन् । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा साप्ताहिक पत्रिकाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई चिनियाँ नागरिकले पूर्व गृहमन्त्री सुधन गुरुङ विरुद्ध समाचार लेख्न पैसा दिएको भन्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले प्रचार गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›