पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

यस स्टोरीको अंश: पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम
newspolar.com · 1 हप्ता अघि

ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत आज यहाँ जनचेतनामूलक कार्यक्रम गरिएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आज वीरगञ्जको माईस्थान– घण्टाघर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरिएको हो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख युवराज कटवालले सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै साइकलयात्री तथा रिक्साचालकलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो । “सवारी दुर्घटना परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । त्यसैले यस्ता जनचेतनामूलक कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ लागिरहेका छौँ,” उहाँले भन्नुभयो, “कार्यालयले ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ । विद्यालय–विद्यालयमा पुगेर पनि ट्राफिक जनचेतना कार्यक्रम गर्दै आइरहेका छौँ ।” सो कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ता÷श्रीपुर र वीरगञ्ज युवा समाजको समन्वयमा सो सचेतनामूलक कार्यक्रम सहभागी भएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू