‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे र २७५ पुल निर्माण गरिने
सरकारले महिलाहरूका लागि आधुनिक ‘ब्लु बस’ सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरासहितको आधुनिक ‘ब्लु बस’ सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन घोषणा गरे । आगामी वर्षदेखि काठमाडौँ उपत्यकालगायतका प्रमुख सहरी सडकको नियमित मर्मतसम्भार गरी धुलोमुक्त एवं खाल्टाखुल्टीमुक्त बनाउने भन्दै उनले सडकको राष्ट्रव्यापी मर्मतसम्भार अभियानका रूपमा सञ्चालन गर्न २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित