गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंग्लुरु आईपीएलको फाइनलमा
▸ यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक आईपीएल फाइनलमा, गुजरात ९२ रनले पराजित
रोयल च्यालेन्जर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार धर्मशालामा भएको महत्त्वपूर्ण प्लेअफ खेलमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै बेंग्लुरुले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। पहिले ब्याटिङ गर्दै बेंग्लुरुले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात टाइटन्स १९.३ ओभरमा मात्र १६२ रनमा समेटिएपछि बेंग्लुरु ९२ रनको फराकिलो अन्तरले विजयी भएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›