अर्थमन्त्रीले गराए राष्ट्रपतिलाई बजेटबारे जानकारी
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले राष्ट्रपति पौडेललाई आगामी बजेटबारे जानकारी गराए
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए। अर्थमन्त्री वाग्लेले भोलि जेठ १५ गते अपराह्न ४ बजे संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित