कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
▸ यस स्टोरीको अंश: कृषि समितिद्वारा रासायनिक मलको सहज आपूर्ति र मौज्दातबारे छलफल
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा किसानहरुले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, वितरण प्रणालीलगायत विविध पक्षहरुमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरुसँग विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›