मूल्य समायोजन नहुँदा ३१ हजार आयोजना ‘रुग्ण’ हुने जोखिम, निर्माण क्षेत्र संकटमा

यस स्टोरीको अंश: पूर्वाधार विकास समितिद्वारा निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारलाई निर्देशन
biznessnews.com · 4 दिन अघि

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे ले सार्वजनिक खरिद ऐनको बाध्यात्मक व्यवस्था कार्यान्वयन नहुँदा देशभरका ३१ हजारभन्दा बढी आयोजना ‘रुग्ण’ हुने अवस्थामा पुगेको बताएका छन् । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष पाण्डेले मूल्य समायोजन नहुँदा हजारौँ आयोजना प्रभावित भएको र निर्माण क्षेत्र धराशयी हुने अवस्थाले समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिए । पाण्डेका अनुसार हाल देशभर ३१ हजार १४२ वटा आयोजनाको म्याद असार मसान्तसम्म सकिने अवस्थामा पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू