आज गणतन्त्र दिवस, प्रधानमन्त्री बालेन्द्र शाहको सट्टा गणतन्त्रकी प्रतिक राष्ट्रपतिले सम्बोधन गर्ने
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपतिले टुँडिखेल समारोहलाई सम्बोधन गर्ने
आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । साथै सैनिक मञ्च टुँडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ । त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित