परम्परा तोडेर अघि बढेका प्रधानमन्त्री बालेन, गणतन्त्र दिवसमा पनि क्रमभङ्गता
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा पत्राचार
प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्बोधन नगरी परम्परा तोडेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेसँगै गणतन्त्र दिवसको इतिहासमा पहिलो पटक यो परम्परा बदलिएको हो । प्रधानमन्त्री बालेन शाह कार्यक्रममा उपस्थित त भए, तर उनी मञ्चमा मौन रहे । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सो पार्टीका सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेले समेत गणतन्त्र दिवसको अवसरमा कुनै औपचारिक शुभकामना सन्देश जारी गरेनन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›