तत्कालीन कामु प्रधानन्यायाधीशको आदेश कार्यान्वयन, दरपीठविरुद्धको निवेदन दर्ता
▸ यस स्टोरीको अंश: सर्वोच्चका कामु प्रधानन्यायाधीश मल्लको आदेश: विधि र प्रक्रियाबमोजिमका रिट दर्ता गरिने
अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी कानुन संशोधन गरेर प्रधानन्यायाधीशमा गरिएको सिफारिसविरुद्ध दायर रिट दरपीठविरुद्ध निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ । तत्कालीन कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासले सोमबारै निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि मात्र दर्ता भएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गत २२ वैशाखमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको पर्सिपल्ट परिषद्ले चौथो वरीयतामा रहेका तत्कालीन न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›