जेठ १४ गते सार्वजनिक बिदा
▸ यस स्टोरीको अंश: सरकारले बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय
सरकारले यही जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्ति अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचना र मुस्लिम आयोगको सिफारिस बमोजिम उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित