फरार प्रतिवादी सात वर्षपछि पक्राउ
▸ यस स्टोरीको अंश: सात वर्षपछि फरार प्रतिवादी पन्चदेव महरा पक्राउ, हत्या आरोपमा अनुसन्धान सुरु
सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका–१ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–४ का ३० वर्षीय पन्चदेव महरा रहेका छन् । २०७६ चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र रहेको मजदुर बस्ने कच्ची घरको कोठाभित्र फेटा गाउँपालिका–३ का ४६ वर्षीय सखिचन महरा मृत फेला परेका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›