‘छुवाछुतमुक्त राष्ट्र‚ व्यवहारमा कार्यान्वयन फितलो’
▸ यस स्टोरीको अंश: दलित समुदायमाथि हुने विभेद अन्त्य गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदै आएको विभेद अन्त्य गर्न सरकारलाई ध्यानाकर्षण गराएकी छन्। उनले डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेद अन्त्यको माग गरिन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले माइतीघरमा दीपा नेपालीले कोठा खाली छ सरकार? भन्दै सत्याग्रह धर्ना बसेको जानकारी गराइन्। सांसद घतानीले संविधानमा समता, सामाजिक न्याय, दलितको हक र छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन फितलो रहेको बताइन्। उनले स्नातककोत्तर पढ्न आएका किरण विकलाई घरबेटीले जात थाहा पाएपछि डेराबाट निकालेको र अन्तिममा घर (सुदूरपश्चिम) फर्किन बाध्य भएको घटना पनि सुनाइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित