योग्यता र क्षमताका आधारमै मेरो सिफारिस भएको हो: प्रस्तावित प्रधानन्यायाधीश शर्मा
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि सांसद वर्षमान पुन र पद्मा अर्यालद्वारा प्रश्न
सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो सिफारिस योग्यता र क्षमताका आधारमा भएको दाबी गरेका छन् । संघीय संसदको संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले प्रधानन्यायाधीशको नियुक्तिमा वरिष्ठताको मापदण्ड मात्र बलियो आधार नहुने तर्क गरे । पारिवारिक नाताले कोही व्यक्ति पदका लागि अयोग्य नहुने जिकिर गर्दै उनले आफ्नो योग्यता र क्षमतामा प्रश्न उठाउने ठाउँ नभएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›