यसपालिको बजेटमा कर्मचारीको तलब बढ्ने संकेत, अन्य खर्च काटेर 'म्यानेज' गरिने !
▸ यस स्टोरीको अंश: सांसदहरूले बजेट निर्माणमा सरकारले आफूहरूलाई उपेक्षा गरेको गुनासो गरे
सरकारी कर्मचारीको तलब तीन वर्षदेखि नबढेको अवस्थामा यसपटकको बजेटले तलब वृद्धि गर्ने संकेत देखिएको छ । सरकारले कर्मचारीको तलब बढाउनका लागि प्रतिवेदनको मस्यौदा तयार पारिसकेको छ । महँगी, अन्य देशको तुलनामा तलबको अवस्था र कर्मचारीको कार्यक्षमता बढाउने आधारमा तलब वृद्धि गरिनेछ । तलब बढाउनका लागि खर्च कटौतीको कडा अस्त्र प्रयोग गर्ने तथा अनावश्यक दरबन्दी कटौती, प्रशासनिक खर्च घटाउने र मन्त्रालयको पुनर्संरचना गर्ने सरकारको रणनीति छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›