पाँचथरमा बाढीपहिरोको विपत्ति : चार परिवार विस्थापित, सडक र जलविद्युत् आयोजनामा ठूलो क्षति
▸ यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दुई घर र तीन झोलुङ्गे पुल बगायो
अविरल वर्षापछि गएको बाढी–पहिरोका कारण पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति भएको छ । पहिरोले घर बगाउँदा चार परिवार विस्थापित भएका छन् भने दर्जनौँ घर उच्च जोखिममा परेका छन् । याङवरक गाउँपालिका–१ लम्बाखोलाका मोहनलाल खवास, कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको घर पहिरोले बगाएपछि उनीहरू विस्थापित भएका हुन् । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा आश्रय लिएर बसेका छन् भने गङ्गाप्रसाद बेघाको ६ सदस्यीय परिवार दाजु दुर्गा बेघाको घरमा बसिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित