विदेश अध्ययनका नाममा ठगी गरेको आरोपमा एकैपटक ६९ कन्सल्टेन्सीका सञ्चालक पक्राउ
▸ यस स्टोरीको अंश: विदेश अध्ययन ठगी आरोपमा ६९ कन्सल्टेन्सी सञ्चालक पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश अध्ययनका नाममा ठगी गरेको आरोपमा एकैपटक ६९ वटा कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ । उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै ठगी गरेको उजुरीका आधारमा शुक्रबार प्रहरीले उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा छापा मारेको थियो । यस क्रममा ९५ वटा कन्सल्टेन्सीमा खटिएको प्रहरी टोलीले ६९ वटा कन्सल्टेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित