जंगलदेखि बस्तीसम्म फैलिँदो त्रास : जुम्लामा वर्षेनि बढ्दै भालु आतंक
▸ यस स्टोरीको अंश: जुम्लामा भालुको आक्रमणबाट एक युवक घाइते, मानव-वन्यजन्तु द्वन्द्व बढ्दो
जुम्लामा मानव-वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ, जसले गाउँबस्तीको मनोविज्ञानलाई प्रभावित पारेको छ । जंगलमा पर्याप्त आहारा नपाउँदा भालुहरू बस्ती नजिक आउन थालेका छन्, जसले स्थानीय बासिन्दाको दैनिकी त्रासपूर्ण बनेको छ । गत वर्षदेखि विभिन्न व्यक्तिहरूमाथि भालुले आक्रमण गरेका घटनाहरूले जंगल जोखिमको भूगोल बन्दै गएको संकेत गर्छ । डिभिजन वन कार्यालय जुम्लाले वन्यजन्तुबाट भएको क्षतिबापत ९ जना पीडितलाई ३० लाख ९ हजार ६ सय रुपैयाँ राहत रकम वितरण गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›