७ सार्वजनिक उद्योगमा निजी क्षेत्र भित्र्याइने, रणनीतिक आयोजनाका लागि ‘मातृभूमि कोष’ स्थापना हुने
▸ यस स्टोरीको अंश: सरकारले नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा
सरकारले लामो समयदेखि घाटामा रहेका वा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका ७ वटा ठूला सार्वजनिक उद्योगहरूमा निजी क्षेत्रको सहभागिता बढाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सञ्चालनमा रहेका केही सार्वजनिक संस्थानहरूको व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई सहभागी गराइने बताएका हुन्। सरकारले ऊर्जा सुरक्षाका लागि कम्तीमा ३ महिनाको इन्धन भण्डारण र आधुनिक प्रविधिको विकासका लागि ‘एआई फ्याक्ट्री’ लगायतका रणनीतिक आयोजनाहरूमा लगानी जुटाउन विशेष ‘मातृभूमि कोष’ स्थापना गर्ने घोषणा गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित