राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरुले दिए गणतन्त्र दिवसको शुभकामना, कसले के भने ?

यस स्टोरीको अंश: उपराष्ट्रपति यादव भन्छन्, लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्प आवश्यक
www.lokpath.com · 20 घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेलले १९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । उनले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता औँल्याएका छन् । यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गरेकी छन् । पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड लगायतका व्यक्तिहरुले गणतन्त्र दिवसको शुभकामना दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू