नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
▸ यस स्टोरीको अंश: सर्वोच्चले भन्यो- देउवालाई तत्काल पक्राउ नगर्नू
नवलपरासीका एक शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षण सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ। आयोगका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर खन्नाहाले गलत शैक्षिक कागजातका आधारमा शिक्षक पदमा नियुक्ति लिएर लाभ तथा सुविधा उपभोग गरेको पाइएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको हो। खन्नाहाले श्री भवानी माध्यमिक विद्यालय, नवलपरासीमा २०५९ मंसिर १ गते अस्थायी शिक्षकका रूपमा सेवा सुरु गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›