ग्रामिण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः मन्त्री चौधरी
▸ यस स्टोरीको अंश: कृषि मन्त्री चौधरीद्वारा किसानलाई मल अभाव नहुने दाबी, भारतबाट ५० हजार टन खरिद प्रक्रिया सुरु
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् । उनले कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । सीमित साधन स्रोतका बाबजुद सरकारले मल, बीउ, सिँचाई, प्राविधिक सेवा, कृषि पूर्वाधार लगायतमा सहुलियत प्रदान गरिरहेको उनले बताइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित