परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबिच टेलिफोन संवाद
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन संवाद, विकास प्राथमिकतामा छलफल
परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरबिच बिहीबार टेलिफोन संवाद भएको छ। वार्ताको क्रममा उपविदेशमन्त्री हुकरले मन्त्री खनाललाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै नेपाल सरकारसँग थप नजिक भएर काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गरेकी थिइन्। जवाफमा परराष्ट्रमन्त्री खनालले अमेरिकी बधाई सन्देशप्रति आभार प्रकट गर्दै नेपालको समग्र सामाजिक-आर्थिक विकासमा अमेरिकाले पुर्याउँदै आएको निरन्तर सहयोगका लागि नेपाल सरकारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित